आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सर्लाहीका चारवटै क्षेत्रबाट जसपा नेपालका १० उम्मेदवार सिफारिस

मङ्गलबार, २२ पुस २०८२, १५ : २८
मङ्गलबार, २२ पुस २०८२

सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाहीले आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ १० जना उम्मेदवारको नाम सिफारिस गरेको छ। जसपा नेपालको जिल्ला समितिले जिल्लाका चारवटै निर्वाचन क्षेत्र समेट्ने गरी उम्मेदवारहरूको नामावली टुङ्गो लगाएको हो।

जिल्ला समितिको निर्णयअनुसार निर्वाचन क्षेत्र नं. १ बाट सञ्जय कुमार पासवान, राम विश्वास राय र सुधिर कुमार यादवलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। त्यस्तै, निर्वाचन क्षेत्र नं. २ बाट भरत चौधरीको नाम एकल उम्मेदवारका रूपमा चयन भएको छ।

निर्वाचन क्षेत्र नं. ३ बाट प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष मनोज कुमार यादव रायसहित रामपृत पासवान, डा. जय प्रकाश यादव (जे.पी. यादव) र विनोद यादवको नाम सिफारिसमा परेको छ। 

यसैगरी, निर्वाचन क्षेत्र नं. ४ बाट प्रत्यक्षतर्फ रामपृत पासवान र उदयकान्त मिश्रलाई उम्मेदवार बनाउन सिफारिस गरिएको छ। पार्टीले प्रत्यक्षतर्फका यी नामहरू केन्द्रमा पठाएसँगै जिल्लामा चुनावी चहलपहल थप बढेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप