उदयपुरको सामुदायिक वनका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको जागृति सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र लेखापरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्रियुगा नगरपालिका-१ मा रहेको जागृति महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखापरीक्षकको मिलेमतोमा सरकारी रकम हिनामिना गरेको आरोपमा आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
अख्तियारले वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष मीनाकुमारी चौधरी, सचिव जानकी कुमारी चौधरी, कोषाध्यक्ष निलम चौधरी थारु र लेखापरीक्षक तनुक लाल चौधरीविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूमाथि संस्थाको ५ लाख १५ हजार ३०२ रुपैयाँ ५८ पैसा हिनामिना गरेको आरोप छ ।
उनीहरूमाथि आर्थिक वर्ष २०७७/०७८ मा सामुदायिक वनको भवन निर्माणमा प्राविधिक प्रतिवेदन अनुसार ४ लाख ९५ हजार खर्च भएकोमा लेखापरीक्षणमा ८ लाख ८ हजार खर्च देखाई ३ लाख १३ हजार रुपैयाँ हिनामिना गरेको, साधारणसभाबाट २ लाख ३७ हजार अनुमोदन भएकोमा ३ लाख ५४ हजार खर्च देखाई १ लाख १६ हजार हिनामिना गरेको आरोप छ ।
यस्तै ग्यास सिलिण्डर वितरणमा ५ लाख ९ हजार खर्च भएकोमा ५ लाख १६ हजार देखाई ७ हजार बढी रकम हिनामिना गरेको, हुँदै नभएको सडक ग्राभेलको काम भएको भनेर ७७ हजार ६०० रुपैयाँ हिनामिना गरेको पनि अभियोग लगाइएको छ । यस्तै उपभोक्ता समूहका लेखापरीक्षक तनुकलाल चौधरीले नभएका कामलाई पनि भएको भनेर गलत प्रतिवेदन तयार पारी भ्रष्टाचार गर्न सघाएको अख्तियारको ठहर छ ।
अख्तियारले तत्कालीन अध्यक्ष मीनाकुमारी, सचिव जानकी र कोषाध्यक्ष निलमलाई ५ लाख १५ हजार ३०२ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुल उपरको मागदाबी गरेको छ । लेखापरीक्षक तनुकलाललाई पनि गलत प्रतिवेदन पेस गरेको कसुरमा कैद र जरिवानाको माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण