स्वच्छ हावा उपलब्ध गराउनु सरकारको दायित्व हो: वनमन्त्री चौलागाईं
सारांश
- वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले स्वच्छ हावा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए।
- उनले काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ को कार्यान्वयनमा जोड दिए।
- मन्त्री चौलागाईंले फोहोर व्यवस्थापन, प्रदूषण नियन्त्रण र हरियाली प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने बताए।
काठमाडौँ । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले हरेक नागरिकलाई स्वच्छ हावा उपलब्ध गराउनु सरकारको प्रमुख दायित्व भएको बताएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार आयोजित 'काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६' को कार्यान्वयन सम्बन्धी उच्चस्तरीय बैठकमा उनले यस्तो धारणा राखेका हुन्।
नेपाल प्राकृतिक रूपमा स्वच्छ हावाको हबका रूपमा परिचित रहेको उल्लेख गर्दै मन्त्री चौलागाईंले वायुको गुणस्तर सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। वातावरण नीति र वातावरण संरक्षण ऐनअन्तर्गत २०७६ सालमै कार्ययोजना तयार भए पनि यसको कार्यान्वयनमा अझै जोड दिनुपर्ने उनले औँल्याए। फोहोर व्यवस्थापन, प्रदूषण नियन्त्रण र हरियाली प्रवद्र्धनलाई मुख्य प्राथमिकताका क्षेत्रका रूपमा अघि सारेका उनले कार्ययोजना प्रभावकारी रूपमा लागू भए मात्र यी क्षेत्रमा सफलता मिल्ने दाबी गरे।
वातावरण प्रदूषणका विद्यमान समस्या समाधानका लागि सम्बन्धित सबै निकायले आफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा मन्त्री चौलागाईंले जोड दिए। "सक्ने काम तत्काल गरौँ, नसकिने विषयमा थप बहस गरौँ," भन्दै उनले सबै सरोकारवालालाई सक्रिय हुन निर्देशन दिए। उनले विशेषगरी वायु प्रदूषण नियन्त्रणका लागि आगलागी र डढेलोका घटना रोक्न आवश्यक कार्य गर्नुपर्ने आवश्यकता समेत औँल्याए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण