आजको दिनसम्म म कुनै पार्टीमा छैनः सञ्चारमन्त्री
बुधबार, २३ पुस २०८२, १३ : ४२
सारांश
- मन्त्री जगदीश खरेलले आफू कुनै पार्टीमा आवद्ध नरहेको दाबी गरे।
- उनले पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल नभएको बताए।
- मन्त्री खरेलले निर्वाचन तोकिएको समयमा नै गर्नेमा सरकार केन्द्रित रहेको बताए।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आजको दिनसम्म आफू कुनै पार्टीमा आवद्ध नरहेको दाबी गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरको २९औँ स्थापना दिवसका अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री खरेलले आजको दिनसम्म कुनै पार्टीमा प्रवेश नगरेको र पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल समेत नभएको बताए ।
आफ्ना बारेमा बिभिन्न चर्चा चल्न ेगरेको भन्दै उनले चूनाव लड्ने वा नलड्ने समेत कुनै निर्णय नगरेको बताए ।
मन्त्री खरेलले आफू र सरकारको सम्पूर्ण ध्यान तोकिएको समयमा नै निर्वाचन गर्नेमा केन्द्रीत रहेको धारणा राखे ।
उनले फागुन २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न हुने समेत बताए ।
कार्यक्रममा बिभिन्न पत्रकारिता पुरस्कारहरु प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण