नेकपाले गण्डकीमा रुची र लामालाई उम्मेदवार बनाउने
सारांश
- नेकपाले गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि गोमा घिमिरे रुचि र कपिल लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
- गण्डकी प्रदेशमा रिक्त हुन लागेका दुई सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ, र आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ।
- कांग्रेस र एमालेसँग गठबन्धन नगरेको नेकपाले राष्ट्रिय सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएको छ।
पोखरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गण्डकी प्रदेशबाट राष्ट्रियसभाका लागि गोमा घिमिरे रुचि र कपिल लामालाई उम्मेदवार बनाउने भएको छ । प्रदेश अध्यक्ष गायत्री गुरुङका अनुसार अन्य क्लष्टरमा मनाङका लामा र महिला क्लष्टरमा कास्कीकी रुचीलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।
गण्डकी प्रदेशमा २ वटा सिट फागुन २० देखि रिक्त हुँदैछ । त्यसका लागि माघ ११ गते निर्वाचन तोकिएको छ । निर्वाचन तालिका अनुसार आज मनोनयन दर्ताको कार्यक्रम छ । यसअघि कांग्रेस र एमालेसँगै गठबन्धन हुने भनिए पनि सम्मानजनक सिट नपाएको गुनासो गर्दै सो पार्टी गठबन्धनबाट बाहिरिएको छ।
२०८० को उपनिर्वाचनमा कांग्रेस र माओवादी गठबन्धन थियो । २०७६ मा एमाले र माओवादी गठबन्धनबाट उम्मेदवार बनेका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी भएका थिए ।
उनीहरूको सिट अहिले रिक्त हुन लागेको हो । कांग्रेस एमाले गठबन्धनबाट कांग्रेसले अन्य क्लष्टरमा प्राडा जगत तिमिल्सिना र एमालेले गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
निर्वाचन कार्यालयका अनुसार ३ बजेभित्र कार्यालय प्रवेश गरेका दलले मात्रै उम्मेदवारी दिन पाउँछन् । गण्डकीमा कांग्रेस र एमाले गठबन्धन बहुमतमा छ भने नेकपा निकै कमजोर छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण