सुदूरपश्चिममा कांग्रेस-एमाले मिल्दा नेकपाको शक्ति कति ?
धनगढी । राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा उम्मेदवारी दर्ता भएसँगै चुनावी अंकगणितको लेखाजोखा सुरू भएको छ । माघ ११ गते हुने चुनावका लागि कांग्रेस-एमालेले साझा उम्मेदवार उठाएका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले छुट्टै उम्मेदवारी दिएको छ ।
एमालेकी शारदादेवी भट्ट र नेकपाका तारामान स्वाँरको आगामी फागुन २० गते पदावधि सकिँदैछ । निर्वाचन आयोगले प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको समान १९ मतभार तोकेको छ । यस आधारमा सुदूरपश्चिममा कुल ६ हजार १५३ मतभार रहेको छ ।
सुदूरपश्चिममा कांग्रेस सबैभन्दा बलियो देखिएको छ । १८ प्रदेशसभा सदस्य र ८६ जना स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको कांग्रेससँग एक्लै २ हजार ५८८ मतभार छ । नेकपाको मतभार १ हजार ८६९ छ भने एमालेसँग १ हजार ५३३ मतभार छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको समान ५३/५३ मतभार छ भने स्वतन्त्रतर्फ ३८ मतभार छ ।
गठबन्धनका तर्फबाट अन्य क्लस्टरमा कांग्रेसका खम्मबहादुर खाती र महिला क्लस्टरमा एमालेकी लीलाकुमारी भण्डारीले उम्मेदवारी दिएका छन् । खाती पूर्वमहान्यायाधिवक्ता हुन् भने माओवादी पृष्ठभूमिकी भण्डारी पूर्वराज्यमन्त्री हुन् ।
गठबन्धनविरुद्ध नेकपाबाट अन्यतर्फ टीकाराम जैसी र महिलातर्फ रोजी बस्नेत सुनार प्रतिस्पर्धामा उत्रिने भएका छन् । जैसी माओवादी पृष्ठभूमिका नेता हुन् भने बस्नेत पूर्व एकीकृत समाजवादीकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् रास्वपाका निर्वाचित ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य (सूचीसहित)
-
१० बजे १० समाचार : भद्रगोल व्यवस्थापनकैबिच सकियाे रास्वपा महाधिवेशन, विवाद मिलाउन नेता फेरिएको फेरियै
-
ब्रिटिस काउन्सिलद्वारा अर्बिट मेडिकल इन्ट्रान्सलाई ‘प्लाटिनम पाटर्नर अवार्ड’ प्रदान
-
सूर्यविनायकमा बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण