शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

मोटरसाइकल चोर समात्न जाँदा भक्तपुरमा प्रहरीमाथि चक्कु प्रहार

बुधबार, २३ पुस २०८२, १९ : २४
बुधबार, २३ पुस २०८२

काठमाडौँ । भक्तपुरको सुर्यबिनायक स्थित नालागुम्बामा मोटरसाइकल चोरीमा संलग्नलाई पक्राउ गर्न गएका प्रहरीमाथि आक्रमण भएको छ ।

मोटरसाइकल चोरीमा संलग्न आरोपीले चक्कु प्रहार गर्दा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) सञ्जिव केसी घाइते भएका छन् । 

भक्तपुरको चाँगुनारायण घर भएका सई केसी अपराध अनुसन्धान कार्यालयको भक्तपुर शाखामा कार्यरत थिए । उनको दाहिनेपट्टि ढाड र छातीमा गहिरो चोट लागेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

बुधवार इन्स्पेक्टर हेम थपलियाको कमाण्डमा गएको प्रहरी टोलीलाई चोरीमा संलग्न आरोपीले आक्रमण गरेका हुन् । 

स्थानीय लोकल भाले एण्ड फेमिली रेष्टुरेण्टमा जम्काभेट हुँदा प्रहरीलाई आक्रमण गर्ने मध्येका ४ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका भक्तपुर बस्ने २६ वर्षीय सागर शंखर सोती, २५ वर्षीय सन्तोष दुलाल, सिराहा घर भएर ताथली बस्दै आएका २० वर्षीय बिरेन्द्र मलिक र काठमाडौँ महागनरपालिका–२७ घर भएका अभय तुलाधर छन् ।

पक्राउ परेका मध्ये एक जना जेनजी प्रदर्शनको क्रममा भागेका फरार कैदी हुन् । घाइते प्रहरीको अहिले महाराजगञ्ज स्थित प्रहरी अस्पतालमा उपचार हुँदै छ । आरोपीहरूले प्रयोग गरेको दुई वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप