अपडेट : लप्सेफेदी दुर्घटनामा मृत्यु भएका ४ जनाको पहिचान खुल्यो
बिहीबार, २४ पुस २०८२, ०८ : ०६
सारांश
- शंखरापुर नगरपालिकामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा घाइते भएका २३ जनाको उपचार भइरहेको छ, भने ४ जना उपचारपछि डिस्चार्ज भएका छन्।
- बसमा नेचर हब कम्पनीमा आबद्ध यात्रुहरू पिकनिकबाट फर्किंदै थिए।
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर–३ स्थित लप्सेफेदी जंगलमा बस दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ । बुधवार साँझ स्थानीय ढोल्बु सामुदायिक बनमा बा.४ ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटना हुँदा ४ जनाले मृत्यु भएको थियो ।
मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–५ घर भएर बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ घर भएर बुढानीलकण्ठ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भएर पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भएर गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बु छन् ।
दुर्घटनामा परेर घाइते भएका २३ जनाको उपचार हुँदै छ । चारजना उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पिकनिक गएर फर्किँदै गरेको बसमा नेचर हब कम्पनीमा आबद्ध यात्रु सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् रास्वपाका निर्वाचित ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य (सूचीसहित)
-
१० बजे १० समाचार : भद्रगोल व्यवस्थापनकैबिच सकियाे रास्वपा महाधिवेशन, विवाद मिलाउन नेता फेरिएको फेरियै
-
ब्रिटिस काउन्सिलद्वारा अर्बिट मेडिकल इन्ट्रान्सलाई ‘प्लाटिनम पाटर्नर अवार्ड’ प्रदान
-
सूर्यविनायकमा बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण