'एलओडी क्लब' डिजे म्यागको शीर्ष १०० क्लबको नोमिनेसनमा
काठमाडौँ । ठमेलस्थित ‘एलओडी (लर्ड अफ द ड्रिंक्स)’ क्लब ‘डिजे म्यागको शीर्ष १०० क्लब’ को सूचीका लागि पुनः नोमिनेसनमा परेको छ ।
युकेस्थित डिजे म्यागले सन् २०२६ का लागि उत्कृष्ट क्लबहरूको छनोट अभियानमा एलओडीलाई समावेश गरेको हो ।
डिजे म्यागले हरेक वर्ष विश्वभरका सय उत्कृष्ट डिजे क्लबहरूको सूची प्रकाशित गर्छ । यस वर्ष पनि एलओडी क्लबले शीर्ष १०० क्लबको सूचीमा पर्न सफल हुन विश्वव्यापी रूपमा भोट गर्न अपिल गरेको छ । इच्छुकहरूले एलओडी नेपालको वेबसाइटमा गएर ‘डिजे टप १०० क्लब’ मा क्लिक गरी मतदान गर्न सक्नेछन् ।
मतदान प्रक्रियाका लागि गुगल वा एप्पलको अप्सन प्रयोग गर्न सकिन्छ । डिजे म्यागको १०० क्लबको सूची आएपछि तलपट्टि रहेको ‘सबमिट’ मा क्लिक गर्नुपर्नेछ । त्यसपछि प्रयोगकर्ताले आफ्नो देशको नाम, सहर र नामसहित विवरणहरू उल्लेख गर्ने अप्सन प्राप्त गर्छन् । अन्त्यमा, पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा ‘एलओडी’ लेख्दै काठमाडौँ सहरको नाम उल्लेख गर्नुपर्नेछ ।
एलओडी डिजे म्यागको शीर्ष १०० क्लबको छनोटका लागि नोमिनेसनमा पर्दा राष्ट्रसँगै जोडिने भएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए । उनले भने, 'यदि हामी शीर्ष १०० क्लबको सूचीमा पर्न सफल भएमा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्छन् भनेर प्रमाणित गर्न सकिनेछ ।'
एलओडी क्लब विश्वका उत्कृष्ट क्लबहरूमध्ये सन् २०२५ मा ४४औँ स्थानमा रहेको थियो । यसअघि सन् २०२२ मा ५२ औँ, २०२३ मा ४९ औँ र २०२४ मा ५० औँ स्थानमा परिसकेको छ ।
सन् २०१९ मा स्थापना भएको एलओडीले केही वर्षमै आफ्नो उत्कृष्ट स्थान बनाएर विश्वस्तरीय पहिचान स्थापित गरिसकेको श्रेष्ठले बताए । उनका अनुसार क्लबले साउन्ड, अत्याधुनिक लाइटिङ र सांगीतिक वातावरणको उच्चतम माहोल सिर्जना गरेको छ । साउन्ड र लाइट प्रणालीलाई स्तरोन्नति गर्दै पाहुनाहरूका लागि अझ सहज र सुरक्षित वातावरण बनाइएको उनको भनाइ छ ।
एलओडी क्लब विदेशी र स्वदेशी पर्यटक दुवैका लागि ठमेलको एउटा प्रमुख गन्तव्य बनिसकेको पनि निर्देशक श्रेष्ठले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
-
कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
-
रास्वपा मोरङ सभापतिमा कँडेलको फराकिलो अग्रता
-
चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न
-
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
-
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण