प्रतिनिधि सभा निर्वाचनमा नेपाल–भारत सीमानाका ७२ घण्टा बन्द गरिने
रौतहट । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सिमानाका ७२ घण्टासम्म बन्द गरिने भएको छ ।
रौतहटको चन्द्रनिगाहपुरमा आज साँझ सम्पन्न नेपाल–भारत सीमा संयुक्त समितिको बैठकले यो निर्णय गरेको हो । जनकपुरधाम अन्तर्गतका महोत्तरी, सर्लाही र रौतहट जिल्लाका सुरक्षा अधिकारी तथा भारतको सीतामढीका सुरक्षा अधिकारीहरू बीचको संयुक्त समन्वय समिति बैठकले निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल गरेको थियो ।
प्रतिनिधि सभाको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न यो नियमित सीमा सुरक्षा समितिको बैठक आयोजना गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए । नेपाल वा भारत जहाँ निर्वाचन भए पनि सीमानाका बन्द गर्ने परिपाटीअनुसार नेपालमा हुन लागेको प्रतिनिधिसभा चुनावका लागि यो निर्णय गरिएको उनले स्पष्ट पारे ।
बैठकमा सीमा अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, भन्सार छली नियन्त्रण र सूचना आदानप्रदान लगायत महत्त्वपूर्ण विषयमा पनि छलफल भएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दले बताए ।सशस्त्रका एसपी चन्दका अनुसार बैठकमा सर्लाही, महोत्तरी र रौतहटका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरूको उपस्थिति रहेको थियो ।
भारतको तर्फबाट सीतामढीका जिल्ला प्रमुख सुरक्षा अधिकारी सहभागी भएका थिए। जिल्लाका सुरक्षा अधिकारीहरूले फागुन २१ को चुनावमा सीमा क्षेत्रमा शान्ति सुरक्षा प्रदान गर्ने र ७२ घण्टासम्म अति आवश्यकबाहेक आवागमन पूर्ण रुपमा ठप्प पार्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल र भारतका सुरक्षा अधिकारीहरूबिच यस्ता बैठकहरू बेलाबेलामा आयोजना हुने गरेको छ, जहाँ नेपालका अधिकारी भारत पुगेर र भारतका अधिकारी नेपाल आएर समन्वय गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण