कांग्रेस बाराको अपिल : विशेष महाधिवेशनमा सक्रिय सहभागिता जनाऔं
जनकपुरधाम । नेपाली कांग्रेसको बारा जिल्ला कार्यसमितिले पुस २७ र २८ गते हुने विशेष महाधिवेशनमा सक्रिय सहभागिता जनाउन महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेको छ ।
कांग्रेस बाराका सचिवद्वय राजेश रौनियार र भैयाराम यादवले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनमा सहभागिताले पार्टीको भविष्य र मुलुकको दिशानिर्देशसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले अनिवार्य उपस्थितिका लागि आग्रह गरेका छन् ।
जनताको आवाज र वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै अझ बढी एकताबद्ध, नवीन ऊर्जा सहितको कांग्रेस निर्माण गर्नु नै विशेष महाधिवेशनको मुख्य उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेस बारामा अध्यक्ष र सचिवबिच लामो समयदेखि मतभेद रहँदै आएको छ । पार्टीभित्र महाधिवेशनको विषयलाई लिएर चर्को विवाद जारी रहँदा एक पक्षले महाधिवेशन तत्काल नहुने दाबी गरिरहेको छ भने अर्को पक्षले विशेष महाधिवेशन आह्वान गरेपछि यसको असर मधेस प्रदेशका अन्य जिल्लामा समेत परेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिसँगै कृषि पेसामा षडानन्दका मेयर सुरेन्द्रकुमार, कमाउँछन् वार्षिक ६ लाख
-
भारतको ठूलो सुन निर्यात कम्पनीमा प्रमुख कार्यकारीको तलब जम्मा २७ हजार रुपैयाँ
-
रास्वपाको पदाधिकारीकाे निर्वाचनमा मतदान जारी, ४ बजेसम्म समय थप
-
दुई दशकपछि अभिनयमा फर्किए राकेश
-
काठमाडौँ महानगरले टेकु अस्पताललाई दियो १८ सय भायल रेबिजविरुद्धको खोप
-
बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण