सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशवकुमार थेबेका अनुसार आज दिउँसो बराहक्षेत्र-३ का ७२ वर्षीया मैया विक घाँस काट्न जङ्गलमा जाने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका छन् ।
त्यस्तै, आजै दिउँसो बराहक्षेत्र-३ का ३४ वर्षीया पूजन विक जङ्गलबाट घाँस काटेर फर्किने क्रममा हात्तीको आक्रमणमा परी गम्भीर घाइने भएका उनले जानकारी दिए । पूजनलाई नडाहा–धरान रोडमा हात्तीले आक्रमण गरेको बताउँदै उनको निधार, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरी प्रमुख थेबेले उल्लेख गरे ।
प्रहरी प्रमुख थेबेका अनुसार घाइते दुवैलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दिवस कुँवरको कमाण्डमा खटिएको टोलीले उद्धार गरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्याएसँगै उपचार भइरहेको छ ।
प्रहरीका अनुसार हात्ती अझै बराहक्षेत्र-३, कालिन्द्र सामुदायिक वन क्षेत्रमा रहेका छन् । यसैबीच, जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रशासनले स्थानीयलाई हात्तीबाट सुरक्षा अपनाउन सचेत गराउने तथा घटनास्थलमा सतर्कता कायम गर्न आग्रह गरेको छ । गए राति करिब ११ः४५ बजे धरान-१९ स्थित हरियाली सामुदायिक वनमा जङ्गली हात्ती देखापरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
-
५०० दरका नक्कली नोटसहित महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण