पाँच लाख भन्दा बढीको वाहक चेक नसाट्न बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन
शुक्रबार, २५ पुस २०८२, १९ : ३१
काठमाडौँ । नेपाल राष्ट्र बैंकले पाँच लाख रुपैयाँ भन्दा बढीको वाहक (बेरर) चेक नसाट्न बैंकहरूलाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाको नाममा परिपत्र जारी गर्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।
निर्देशन अनुसार अब सोभन्दा धेरैको चेक ’एसी पे’ हुनु पर्नेछ । अर्थात् पाँच लाखभन्दा धेरैको चेक भएको अवस्थामा बैंकले चेक लिएर आउने व्यक्तिलाई नगद भुक्तानी दिँदैन । शालसम्म १० लाखसम्मको भुक्तानी नगदमा दिँदै आएको थियो ।
केही समयअघि मन्त्रिपरिषद्ले नगद कारोबारको सीमा ५ लाखमा झार्ने निर्णय गरेको थियो । नेपाल राजपत्रमा सूचना प्रकाशित भइसकेको उक्त निर्णयलाई नियामक राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण