फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दोहोरिए दीपेन्द्र कुँवर
काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकोन) लुम्बिनी प्रदेशको अध्यक्षमा दीपेन्द्र कुँवर निर्वाचित भएका छन् । फेकोन लुम्बिनी प्रदेशको दोस्रो साधारणसभा तथा अधिवेशनबाट कुँवर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
नेपालगञ्जमा भएको दोस्रो साधारणसभा तथा अधिवेशनले उनीसहित नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिमा उपाध्यक्ष विनोद बास्तोला, सचिव एसपी बुढा, कोषाध्यक्ष विवेक लम्साल छन् । सदस्यहरुमा अर्जुन केसी, विजय छिनाल, कलेन्द्र बुढाथोकी, सन्तोष बस्नेत र तोरन खाम्छा चयन भएका छन् ।
यस्तै सल्लाहकार समितिको संयोजकमा कुलदीप शर्मा, सदस्य रोनिश गौतम र ओमप्रकाश रिजाल चयन भएका छन् ।

अधिवेशनमा शैक्षिक परामर्श क्षेत्रमा देखिएका चुनौतीहरु एनओसी, धरौटी, विद्यार्थी सुरक्षा जस्ता विषयमा छलफल भएको थियो । फेकोनका नवनिर्वाचित अध्यक्ष कुँवरले शैक्षिक परामर्श क्षेत्रमा देखिएका समस्याको समाधान र व्यवसायिक मर्यादा अभिवृद्धिका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण