हिमाचल प्रदेशमा बस दुर्घटना, १२ जनाको मृत्यु
शुक्रबार, २५ पुस २०८२, २२ : २४
सारांश
- हिमाचल प्रदेशमा भएको बस दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
- दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
- प्रधानमन्त्री कार्यालयले मृतकका परिवार र घाइतेलाई आर्थिक सहायता दिने घोषणा गरेको छ ।
काठमाडौँ । भारतको हिमाचल प्रदेशस्थित सिरमौर जिल्लामा भएको बस दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ । शुक्रबार हरिपुरधार नजिकै कुप्वीबाट शिमला जाँदै गरेको एक निजी बस सडकबाट खस्दा यो दुर्घटना भएको हो ।
समाचार एजेन्सी एएनआईका अनुसार बसमा करिब ४५ जना यात्रु सवार थिए । दुर्घटनामा घाइते भएका सबैलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ ।
दुर्घटनाको कारण अहिलेसम्म स्पष्ट नभएको भारतीय अधिकारीहरूले बताएका छन् ।
दुर्घटनाप्रति प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समा दुःख व्यक्त गर्दै मृतकका परिवारलाई र घाइतेलाई आर्थिक सहायता दिने घोषणा गरेको छ । प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भइरहेछ दिल्लीको मुटुमा ?
-
गुयानामा डुंगा दुर्घटना: २७ जनाको शव फेला, चालक दलमाथि अनुसन्धान
-
मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पले भने, ‘नेतन्याहू अमेरिकामा कुनै पनि हालतमा पक्राउ पर्ने छैनन्’
-
अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण