युक्रेनको सम्बन्धमा छलफल गर्न राष्ट्रसङ्घ सुरक्षा परिषदकाे आपतकालीन बैठक
काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले युक्रेनबारे छलफल गर्न सोमबार आपतकालीन बैठक आयोजना गरेको जनाएको छ । किएभका मेयरले रूसी आक्रमणका कारण भएको उर्जा अवरोधका कारण बासिन्दाहरूलाई राजधानी छोड्न आग्रह गरे पछि बैठकको तालिका संशोधन गरेको बताएका छन् ।
रुसी महासङ्घकाे नागरिकहरू विरुद्धको आतङ्कवाद युद्ध अपराध र मानवता विरुद्धको अपराधको भयावह स्तरमा पुगेको युक्रेनी राजदूत एन्ड्री मेलनिकले शुक्रबार सुरक्षा परिषद् पठाएको पत्रमा उल्लेख गरिएको एएफपीले जनाएको छ ।
पछिल्लो रूसी आक्रमणले किएभका आधाआधी आवासीय भवनहरूलाई उर्जाविहिन बनाएको मेयर भिटाली क्लिट्स्कोले बताएका छन् । क्रेमलिनले सन् २०२२ फेब्रुअरी मा युद्ध सुरु भए देखि दोस्रो पटक युक्रेनमा ओरेसनिक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको पनि पुष्टि गरेको छ ।
रूसी सङ्घले आधिकारिक रूपमा लिभिभ क्षेत्रमा मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल, ’ओरेसनिक’ प्रयोग गरे पछि राजदूतले पत्र जारी दाबी गरेको छ । “यस्तो आक्रमणले सुरक्षाका लागि गम्भीर र अभूतपूर्व खतराको प्रतिनिधित्व गर्दछ । “
मस्कोले आणविक र परम्परागत दुवै हतियारले युक्त ओरेसनिकलाई रोक्न असम्भव भएको दाबी गरेको छ । सयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद आपतकालीन बैठकका लागि युक्रेनको अनुरोधलाई फ्रान्स, लाटविया, डेनमार्क, ग्रिस, लाइबेरिया र बेलायत लगाएत छ सदस्य राष्ट्रले समर्थन गरेको कूटनीतिक स्रोतलाई उदृत गर्दै एएफपीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण