पार्टी फुट्न नदिन विष पिउन तयार छु : शेखर कोइराला
सारांश
- वरिष्ठ नेता शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्न जस्तोसुकै त्याग गर्न तयार रहेको बताए।
- उनले पार्टी फुटबाट जोगाउन 'विष पिउन' समेत तयार रहेको र एकताका लागि प्रयास गरिरहेको जनाए।
- कानुन व्यवसायीहरूले विशेष महाधिवेशन वैधानिक नभएको तर्क गर्दै नेतृत्व परिवर्तनको प्रक्रिया नमिल्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । सोमबार आफू निकट केन्द्रीय सदस्य, जिल्ला सभापति र वरिष्ठ अधिवक्ताहरूसँगको छलफलमा उनले पार्टीलाई फुटबाट जोगाउन ‘विष पिउन’ समेत तयार रहेको बताएका हुन् ।
कोइरालाले आफू पार्टीभित्रको एकता कायम गर्न अन्तिम प्रयासमा जुटिरहेको बताए । आफूले सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरूसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुँदैन भनेर निरन्तर संवाद गरिरहेको उनले जानकारी दिए । उपस्थित नेता तथा कार्यकर्तालाई आश्वस्त पार्दै उनले ढुक्क भएर पार्टी एकताको पक्षमा लाग्न र निराश नहुन आग्रह गरे ।
छलफलमा सहभागी कानुन व्यवसायीहरूले महामन्त्रीहरूले बोलाएको विशेष महाधिवेशन वैधानिक नभएको तर्क गरे । कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र भएको भन्दै उनीहरूले अहिलेको प्रक्रियाबाट नेतृत्व परिवर्तन गर्न नमिल्ने कानुनी राय दिएका थिए ।
भेलामा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टीलाई फुटबाट जोगाउन दुवै पक्षसँग सहजीकरण गरी कांग्रेसलाई एकताबद्ध बनाउन कोइरालालाई सुझाव दिए ।
छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाललगायत सहभागी थिए । त्यस्तै, वरिष्ठ अधिवक्ताहरू शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपाने लगायतको पनि उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण