समानुपातिकको बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिन ५४ जनाले दिए निवेदन
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूचीबाट ५४ जनाले नाम फिर्ताका लागि निवेदन दिएका छन् ।
यो सूची सोमबार दिउँसो सवा ३ बजेसम्मको हो । निर्वाचन आयोगले सोमबार समानुपातिकतर्फका उम्मेदवारले आफ्नो नाम फिर्ता लिने समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तोकेको छ ।
सोही अनुसार सोमबार दिउँसो सवा ३ बजेसम्म विभिन्न पार्टीका ५० जना उम्मेदवारहरूले आफ्नो नाम फिर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
उम्मेदवारी फिर्ता लिन निवेदन दिनेमा नेकपा एमालेका ३ जना रहेका छन् ।
स्रोतका अनुसार एमालेका खसआर्य तर्फ नाम राखेका ठाकुर प्रसाद शर्मा, मधेसी महिलातर्फ अंशु सिंह, आदिवासी जनजातीतर्फ विजयसिंह लामाले नाम फिर्ताका लागि निवेदन दिएका हुन् ।
त्यस्तै जनमत पार्टीका २० जनाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको आयोग उच्च स्रोतले रातोपाटीलाई बतायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण