राजनीति
देउवा गुटको बैठकमा शेखर कोइरालासहित चार नेता पनि सहभागी
सोमबार, २८ पुस २०८२, १५ : ३२
१
सारांश
- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको गुटको बैठकमा शेखर कोइराला समूहका नेताहरू सहभागी भए।
- देउवा निवास महाराजगन्जमा बसेको बैठकमा विशेष महाधिवेशनबारे छलफल भयो।
- विशेष महाधिवेशनमा नेतृत्व चयनको कार्यविधि पारित भएपछि देउवा आगामी रणनीति बनाउन जुटेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको आफ्नो गुटको आकस्मिक बैठकमा शेखर कोइराला समूहका चार नेता पनि सहभागी भएका छन् ।
देउवाले सोमबार दिउँसो ३ बजेका लागि आफ्नो निवास महाराजगन्जमा गुटको बैठक बोलाएका थिए । आकस्मिक बैठक चलिरहेका बेला डा. शेखर कोइरालाको नेतृत्वमा जीवन परियार, बद्री पाण्डे र डा. मिनेन्द्र रिजाल पुगेका हुन्। देउवा गुटको तर्फबाट कार्यवाहक पूर्णबहादुर खड्का र प्रवक्ता डा. प्रकाशशरण महतलगायतका नेताहरू सहभागी छन् ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा नेतृत्व चयनसहितको कार्यविधि पारित गरिएपछि देउवा आगामी रणनीति बनाउन छलफलमा जुटेको बताइएको छ। देउवा गुट विशेष महाधिवेशनको विपक्षमा छ । तर बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनलाई साथ दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण