महामन्त्रीद्वयको प्रतिवेदन र चार विषयमा छलफल गर्न गठित ९ समूहको संयोजकमा को–को ? (नामावलीसहित)
सारांश
- काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वयले प्रतिवेदन पेश गरे।
- विभिन्न प्रदेशबाट आएका नेताहरू ९ समूहमा विभाजित भई छलफलमा सहभागी भए।
- समूहहरूले समसामयिक राजनीति, नीति र नेतृत्व, शासकीय सुधार र विधान संशोधनका विषयमा सुझाव दिनेछन्।
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माकाे प्रतिवेदन र चार विषयमा छलफल गर्न गठित ९ समूहका संयाेजक ताेकिएका छन् ।
समूहमा कोशी प्रदेशबाट मेदती सिटौला, मधेश प्रदेशबाट चन्द्रशेखर यादव, बागमती प्रदेशबाट वीरेन्द्र सिंह समूहगत छलफलमा छन् । त्यस्तै गण्डकी प्रदेशबाट रेशम बानियाँ, लुम्बिनी प्रदेशबाट भुवन श्रेष्ठ, कर्णाली प्रदेशबाट नारायण भट्टराई र सुदूरपश्चिम प्रदेशबाट भरत खड्का छन् । त्यसैगरी उपत्यकाबाट प्रमोदहरी गुरागाईँ एवं भ्रातृ तथा शुभेच्छुक सङ्गठन,जनसम्पर्कबाट केशव निरौला र सीता सापकोटा सहभागी छन् ।
यी समूहहरूले मुख्य चार वटा विषयमा केन्द्रित रहेर आफ्ना सुझाव र धारणा राख्नेछन्। छलफलका लागि तय गरिएका विषयहरूमा समसामयिक राजनीति, नीति र नेतृत्व, शासकीय सुधार र विधान संशोधन रहेका छन्।
सोमबार बन्दसत्र जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण