ट्रम्पले भने– इरानमा इन्टरनेट पुनःस्थापित गराउन मस्कसँग कुरा गर्छु
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी इन्टरनेट अवरोध हटाउने विषयमा खर्बपति व्यापारी एलन मस्कसँग कुरा गर्ने बताएका छन् ।
मस्कको कम्पनी स्पेसएक्सद्वारा सञ्चालन गरिएको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवामार्फत इरानमा इन्टरनेट पुनःस्थापना गर्न सकिने पत्रकारहरूसँग ट्रम्पले संकेत गरेका हुन् ।
सरकारविरोधी प्रदर्शन तीव्र बन्दै गएपछि पछिल्ला चार दिनदेखि इरानमा इन्टरनेट सेवा ठप्पछ । यसमाथि दूरसञ्चार सेवा पनि बन्द भएपछि देशभित्र र बाहिर सूचना आदानप्रदान प्रभावित भएको छ । मस्कले यसअघि पनि इरानी नागरिकलाई सरकारी नियन्त्रणबाट बाहिर सूचना पहुँच दिन स्टारलिंक उपलब्ध गराउने कुरामा समर्थन जनाउँदै आएका थिए ।
एक अर्काका परम मित्रसमेत रहेका ट्रम्प र मस्कको सम्बन्ध केही महिनाअघि बिग्रिएको थियो । अहिले यी दुुईको सम्बन्ध सुधारिएको संकेत आइरहेकै समयमा ट्रम्पको यो अभिव्यक्ति आएको हो । यसअघि सन २०२२ मा महसा अमिनीको मृत्युपछि चर्किएको आन्दोलनका क्रममा पनि तत्कालीन बाइडेन प्रशासनले मस्कसँगको सहकार्यमा इरानमा इन्टरनेट पुनस्थापित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण