अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीन महिनाका लागि बन्द
सारांश
- अत्यधिक जाडोका कारण हुम्लाको हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ।
- चीनबाट व्यापारी र सामग्रीको आयात रोकिएपछि भन्सार कार्यालयका कर्मचारी सदरमुकाम सरेका छन्।
- भन्सार कार्यालयका अनुसार, नाका आगामी चैत दोस्रो हप्तामा पुनः सञ्चालनमा आउनेछ।
हुम्ला । हुम्लाको हिल्सास्थित यारी नाका भन्सार कार्यालय अत्यधिक जाडोका कारण तीन महिनाका लागि बन्द गरिएको छ। चीनको ताक्लाकोटबाट व्यापारी र सामग्रीको आयात रोकिएर कारोबार शून्य भएपछि भन्सार कार्यालय बन्द गर्ने निर्णय भएको हो।
पुसको दोस्रो हप्तादेखि नै कामकाज ठप्प भएपछि त्यहाँ कार्यरत कर्मचारीहरू सदरमुकाम सिमकोटस्थित सम्पर्क कार्यालयमा सरेका छन्। भन्सार कार्यालयका प्रमुख रामराज जैसीका अनुसार चीनबाट सामान आयात हुन छोडेपछि भन्सार विभागसँग समन्वय गरेर कार्यालय बन्द गरिएको हो।
यस वर्ष ठूलो हिमपात नभए पनि गत कात्तिकमा परेको हिउँ नारा सडकखण्डमा बरफ बनेर जमेका कारण यातायात सेवा अवरुद्ध छ। सडक मार्ग बन्द भएपछि ताक्लाकोटबाट सामान आउन नसकेकाले कर्मचारीहरू हिल्सामा बस्नुको औचित्य नदेखेर सदरमुकाम झरेका हुन्।
चीनतर्फको नाका भने खुल्लै राखिएको र आगामी चैत दोस्रो हप्ता कर्मचारीहरू कार्यक्षेत्रमा फर्किएपछि मात्र नाका पुनः सञ्चालनमा आउने जानकारी प्रमुख जैसीले दिए। यो आर्थिक वर्षको साउनदेखि अहिलेसम्म यारी नाका भन्सारले १८ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम गत वर्षको तुलनामा दोब्बर बढी भएको कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण