कांग्रेस राजनीति
पूर्णबहादुरसहितका शीर्ष नेताहरू छुट्टै छलफलमा
बालुवाटार बैठक सकिएपछि मात्रै केन्द्रीय समिति बैठक बस्ने
मङ्गलबार, २९ पुस २०८२, १६ : ३८
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका शीर्ष नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा छुट्टै छलफलमा बसेका छन् । मंगलबार उनीहरू पार्टी कार्यालयमा छलफल गरिरहेका हुन् ।
छलफलमा खड्कासहित उपसभापति धनराज गुरुङ, नेताहरू शेखर कोइराला,विमलेन्द्र निधि लगायत छन् । यता केन्द्रीय सदस्यहरू भने बाहिर केन्द्रीय समिति बैठकका लागि बसेका छन्।
नेताहरूका अनुसार बालुवाटारको बैठक सकिएपछि मात्रै केन्द्रीय समिति बैठक सुरु गर्ने तयारी छ ।
नेपाली कांग्रेसको विवाद मिलाउने प्रयासस्वरुप बालुवाटारमा दुई पक्षीय वार्ता जारी छ । महाधिवेशन पक्षधर र सभापति शेरबहादुर देउवा पक्षधरबिचको वार्ता टोलीबिच दोस्रो चरणको वार्ता भइरहेको हो ।
सहमति भए अनुमोदन गर्ने र नभए कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भएको नेताहरू बताउँछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र' को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण