आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्नसक्छः अध्यक्ष लिङ्देन
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउने दाबी गरे।
- उनले भ्रष्टाचार अन्त्य र सुशासनका लागि राप्रपालाई निर्णायक शक्ति बनाउनुपर्ने बताए।
- लिङ्देनले राजतन्त्र र हिन्दु राष्ट्र पुनःस्थापनाका लागि प्रतिबद्ध रहेको बताए।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सकिने बताएका छन् । मंगलबार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
लिङ्देनले राप्रपालाई पहिलो निर्णायक शक्ति बनाएर अघि बढाउन सके भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने प्रतिबद्धता जनाए । सामान्य रूपमा हेर्दा कठिन जस्तो लागे पनि राष्ट्रवादी शक्तिहरू एक भइरहेकाले यो असम्भव नरहेको उनको भनाइ छ । उनले राप्रपामा समाहित हुने क्रम तीव्र रूपमा बढेको जिकिर गरे ।
उनले २०५१ सालको निर्वाचनबाहेक राप्रपा कहिले दुई वटा त कहिले तीन वटा गरी अनेक खण्डमा विभाजित भएर चुनावमा गएको स्मरण गरे । यसपटक भने पहिलो पटक राप्रपा एउटै पार्टी भएर चुनावमा जान लागेको उनले बताए । २०६२–०६३ को राजनीतिक परिवर्तनपछि आफूहरूले बोकेको राजसंस्थाको मुद्दा यतिबेला सबैभन्दा लोकप्रिय अवस्थामा पुगेको उनको दाबी छ ।
अध्यक्ष लिङ्देनले आफू अध्यक्ष पदमा रहँदै राजतन्त्र र हिन्दु राष्ट्र पुनःस्थापना भएको हेर्न चाहेको बताए । आगामी दिनमा आफू राजतन्त्र पुनःस्थापनाका लागि प्रतिबद्ध रहने भन्दै उनले आगामी निर्वाचनमा राप्रपालाई सबैभन्दा ठूलो दल बनाउने गरी खट्न कार्यकर्तालाई आग्रह गरे । मुलुकमा अभिभावकको भूमिकामा राजसंस्था हुनुपर्ने र संघीयता खारेज हुनुपर्ने माग राख्नेहरू अब एक हुनुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालयलाई अनुदानः शिक्षक विद्यार्थीलाई पुरस्कार
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण