सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जान्छौँ : महामन्त्री शर्मा
मङ्गलबार, २९ पुस २०८२, १९ : १६
काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जाने बताएका छन् ।
मंगलबार काठमाडाैँमा विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।उनले नेतृत्व चयन गरिसकेपछि प्रतिनिधिहरु घर फर्किन मिल्ने भएपनि आफूहरु निर्वाचन आयोग जानुपर्ने स्थिति रहेको बताए ।
उनले निर्वाचन आयोगले विशेष महाधिवेशनले के म्याण्डेट लिएर आयो भनेर पर्खिरहेको हुने जिकिर गरे । उनले आफूले उम्मेदवारी दिएको र जित्छु भन्ने विश्वास रहे पनि कतिपय अवस्थामा सर्वसम्मत रुपमा आउनुपर्ने स्थिति रहने बताए।
महामन्त्री शर्माले अबको राजनीतिमा जुझारुपन लिएर जानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
-
काठमाडौँसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
आठ हजार मेट्रिकटन मल बिक्री
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण