मनोनयनमा ढिलाइ : सभापतिसहित पदाधिकारीमा अझै भएन मनोनयन दर्ता
मङ्गलबार, २९ पुस २०८२, २० : ३५
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा अहिलेसम्म सभापतिसहित पदाधिकारीमा कसैले पनि मनोनयन दर्ता गराएका छैनन् ।
समय थप बारे निर्वाचन समितिले कुनै औपचारिक जानकारी गराएको छैन ।
मंगलबार साँझ साढे ७ बजेसम्म मनोनयन दर्ताको समय भएपनि हालसम्म कसैले पनि दर्ता नगराएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिए ।
सहमहामन्त्रीमा भने दुई जनाले मनाेनयन दर्ता गराइसकेका छन् । महामन्त्रीद्वयको प्रतिवेदन पारितसँगै आजको बन्दसत्र सकिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण