नेतृत्वका विषयमा संस्थापन पक्षसँग सहमति जुट्न सकेन : विशेष महाधिवेशन पक्षधर
मङ्गलबार, २९ पुस २०८२, २० : ४३
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वसँग छलफलका साथै आन्तरिक चुनावी प्रक्रियाको पनि तयारी भइरहेका जनाएको छ ।
मंगलबार भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशन प्रचार विभागले नेतृत्वसँग छलफल भइरहेको र आफूहरू निर्वाचनको तयारीमा समेत लागेको जनाएको हो ।
प्रचार समितिका संयोजक सुवास पोखरेलले नेतृत्वसँग सहमति नभए बुधबार निर्वाचन प्रक्रिया अघि बढ्ने बताए । उनले अन्य विषयमा सहमति नजिक पुगे पनि नेतृत्व चयनका विषयमा संस्थापन पक्षसँग सहमति जुट्न नसकेको बताए । उनले सहमति भएपनि विशेष अधिवेशनको हलले स्वीकार गर्नुपर्ने उल्लेख गरे ।
त्यस्तै निर्वाचन समितिले पनि बुधबार निर्वाचन गर्नका लागि सबै तयारी पुरा भएको जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण