राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवार सिफारिस सायमि नेकपा प्रवेश गर्दै
काठमाडौँ । अभियन्ता सुमन सायमि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् ।
आगामी निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा छन् सायमि । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष उनलाई नेकपाले बुधबार काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभामा एक कार्यक्रम गरी प्रवेश गराउने जनाएको छ ।
२०७९ सालको स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा उठेका सायमिले १३ हजारभन्दा बढी मत प्राप्त गरेका थिए । त्यस्तै पछिल्लो प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ–८ बाट उम्मेदवार बनेका उनी रास्वपाका विराज भक्त श्रेष्ठसँग पराजित भएका थिए ।
सायमि गुठी आन्दोलनका मुख्य अभियन्ता मानिन्छन् । उनीसँगै अन्य केही नेता तथा युवाहरू भोलि पार्टी प्रवेश गर्ने नेकपाले जनाएको छ ।
राष्ट्रिय मुक्ति क्रान्ति पार्टीबाट सायमि काठमाडौँ –८ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तापक्रम ह्वात्तै घट्यो, ठाउँठाउँमा भारी वर्षा
-
सन् २०२६ विश्वकप: खेलकुदमा ‘ट्रम्पवाद’को युग
-
जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने
-
सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु
-
सार्वजनिक सेवा प्रसारणको अध्यक्ष नियुक्तिका लागि कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तय
-
लाइसेन्स परीक्षामा नक्कली परीक्षार्थी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण