सार्वजनिक सेवा प्रसारणको अध्यक्ष नियुक्तिका लागि कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तय
बिहीबार, २८ जेठ २०८३, २२ : २६
सारांश
- सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि १० जना उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण असार ४ गते र अन्तर्वार्ता असार ५ गते हुने भएको छ ।
- सिफारिस समितिले जारी गरेको सूचना अनुसार, यी दुवै कार्यक्रम लोक सेवा आयोगको केन्द्रीय कार्यालय, कमलपोखरीमा सञ्चालन हुनेछन् ।
- सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्षको नियुक्ति सम्बन्धी कार्यविधि, २०८३ बमोजिम छनोट भएका उम्मेदवारहरूको लागि यो प्रक्रिया अघि बढेको हो ।
काठमाडौँ । सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्तिका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति घोषणा गरिएको छ । सिफारिस समितिले बिहीबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।
समितिका अनुसार सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्षको नियुक्ति सम्बन्धी कार्यविधि, २०८३ को दफा १२ (१) बमोजिम छनोट भएका १० जना उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ताको समयतालिका सार्वजनिक गरिएको छ ।
तालिका अनुसार अल्पसूचीमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण असार ४ गते र अन्तर्वार्ता असार ५ गते हुनेछ । यी दुवै कार्यक्रमहरू लोक सेवा आयोगको केन्द्रीय कार्यालय, कमलपोखरीमा सञ्चालन हुने समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
-
सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेविसंघकाे प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण