बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘परान’ प्रदर्शनको ७५औँ दिन पुगेको अवसरमा टिकटमा छुट

बुधबार, ३० पुस २०८२, ०६ : ५२
बुधबार, ३० पुस २०८२

सारांश

  • फिल्म 'परान' ले प्रदर्शनको ७५ औं दिन पुरा गरेको अवसरमा टिकटमा ७५ रुपैयाँ छुटको व्यवस्था गरिएको छ।
  • निर्माता रञ्जित आचार्यका अनुसार यो छुट खल्ती एपबाट टिकट काट्नेहरूका लागि मात्र उपलब्ध छ।
  • 'परान' ले ७२ औं दिनसम्म १७ करोड ७४ लाख २२ हजार १९० रुपैयाँ कलेक्सन गरेको बक्स अफिसले जनाएको छ।

काठमाडौँ । फिल्म परानले मंगलबार आफ्नो प्रदर्शनको ७५ औँ दिन पुरा गरेको छ । सोही अवसरमा निर्माण टिमले अब केहि दिनका लागि टिकटमा ७५ रुपैयाँ छुटको व्यवस्था गरेको छ ।

निर्माण युनिटले ‘परान’ फिल्म ७५ औँ दिनको सेलिब्रेशनका लागि यो छुट दिएको हो । फिल्मका निर्माता रञ्जित आचार्यले छुटको व्यवस्था केहिदिनका लागि गरिएको बताए ।

आर्चायका अनुसार यो छुट खल्ती एपबाट टिकट काट्नेहरूका लागि मात्र व्यवस्था गरिएको हो । खल्ती एपबाट टिकट काट्दा ७५ रुपैयाँ क्यासब्याक पाउन सकिनेछ । ‘परान’को मंगलबार काठमाडौँमा मात्रै पनि पाँचवटा शो रहेको थियो । खल्ती एपमा भोलिका लागि पनि ६ वटा शो उपलब्ध छन् ।

‘परान’ले पछिल्लो शनिबार (७२ औँ दिन)सम्म आइपुग्दा १७ करोड ७४ लाख २२ हजार १९० रुपैंया कलेक्सन गरेको बक्स अफिसमा उल्लेख गरेको छ ।

‘परान’ फिल्मलाई दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन्। आचार्यकै कथा रहेको यस फिल्मको पटकथा र संवाद यम थापाले तयार पारेका हुन् । देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी ‘बाइस्कोप सिनेमा प्रा.लि.’ ले फिल्म निर्माण गरेको हो।

फिल्ममा वरिष्ठ अभिनेता नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप