षडानन्दमा ‘गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती कार्यक्रम’
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन वृद्धि गर्ने उद्देश्यले प्राङ्गारिक कफीखेती विस्तारलाई प्राथमिकतामा राखेको छ । कफीखेतीमार्फत किसानलाई उद्यमशील बनाउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो ।
कफीखेती विस्तारका लागि सङ्घीय सरकारको विशेष अनुदान तथा किसानको लागत साझेदारीमा चालु आर्थिक वर्षमा करिब रु तीन करोड ३० लाखबराबरको कार्यक्रम सञ्चालन भइरहेको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम लामाले जानकारी दिए । उनका अनुसार माटो, हावापानी र भूगोल सुहाउँदो कफीखेतीका लागि उपयुक्त रहेका क्षेत्रको पहिचान गरी योजनाबद्ध रूपमा खेती विस्तार भइरहेको छ ।
‘गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती कार्यक्रम’ अन्तर्गत गत वर्षदेखि नै निरन्तर रूपमा कार्यक्रम सञ्चालन हुँदै आएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए । उनका अनुसार स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै कृषिलाई व्यावसायिक बनाउने उद्देश्यले कफीखेतीलाई प्राथमिक बालीका रूपमा विकास गरिएको हो ।
कफीखेतीको माध्यमबाट किसानलाई आयआर्जनमा जोड्न प्राथमिकताका साथ कार्यक्रम अघि बढाइएको षडानन्द नगरपालिकाका उपप्रमुख प्रमिला राईले बताइन् । उनका अनुसार नगरपालिकाका १४ वटै वडामा कफीखेती विस्तारको काम भइरहेका छन् ।
नगरपालिकाले किसान तथा कृषि समूहबाट आवेदन आह्वान गरी कफीखेती विस्तार, सिँचाइ सुविधा निर्माण, आवश्यक औजार तथा उपकरण वितरण, बिरुवा उपलब्ध गराउनेलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । किसानलाई कफीखेतीप्रति आकर्षित गर्दै बाँझो जमिनको सदुपयोग गर्ने लक्ष्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
षडानन्द नगरपालिकाको अधिकांश भूगोल कफीखेतीका लागि उपयुक्त रहेको उल्लेख गर्दै प्रमुख उदासले वडास्तरमै कफीखेती प्रवर्द्धन तथा विस्तारका कार्यक्रम सञ्चालन भइरहेको बताए । “हामी अहिले कफीखेतीलाई बृहत् रूपमा विस्तार गरिरहेका छौँ, किसानलाई कफीखेतीका माध्यमबाट आयआर्जनमा जोड्दै षडानन्द नगरपालिकालाई कफी उत्पादनको नमूना क्षेत्र बनाउने हाम्रो दीर्घकालीन लक्ष्य छ”, उनले भने ।
यसअघिका वर्षहरूमा किसानलाई २५ हजार कफीको बिरुवा वितरण गरिएको कृषि शाखाले जनाएको छ । गत वर्ष प्रदेश सकारको रु १० लाख बजेटमा किसानलाई २० हजार बिरुवा वितरण गरिएको शाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
-
गण्डकीमा ७८ प्रतिशत रोपाइँ
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण