हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै थियो : गगन थापा
सारांश
- कांग्रेस महामन्त्री गगन थापाले आगामी निर्वाचनमा देउवाबाहेकको प्रधानमन्त्रीको उम्मेदवार हुनुपर्ने बताए।
- उनले आफूलाई प्रधानमन्त्रीको पद नचाहिएको र पार्टीले देउवाबाहेक जसलाई अघि सारे पनि स्वीकार्ने बताए।
- थापाले संस्थापन पक्षले सहमतिको नाममा अलमल्याएको र निर्वाचन कार्यतालिका सार्न खोजेको आरोप लगाए।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा शेरबहादुर देउवाबाहेकको व्यक्तिलाई प्रधानमन्त्रीको उम्मेदवार तोक्नुपर्ने बताएका छन् । बुधबार पार्टीको विशेष महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले आफूलाई प्रधानमन्त्रीको पद नचाहिएको तर पार्टीले देउवाबाहेक जसलाई अघि सारे पनि स्वीकार्ने स्पष्ट पारेका हुन् ।
विशेष महाधिवेशनपछि कांग्रेस सुध्रिएर आएको सन्देश जनतामा दिनुपर्ने आफ्नो समूहको मुख्य माग रहेको उनले बताए । आफूलाई प्रधानमन्त्रीको प्रस्ताव गरिएको भन्ने हल्लाको खण्डन गर्दै थापाले भने, "नेपाली कांग्रेसले यो चुनावमा गगन थापालाई उम्मेदवार भनेको होइन । जसलाई बनाउने हो बनाउनुस्, तर चुनावमा जाँदै गर्दा हाम्रो उम्मेदवार शेरबहादुर देउवा होइन भनेर जाऔँ । अरू जसलाई बनाए पनि हुन्छ ।"
उनले देउवा आफ्नो दाइ र नेता भएको भन्दै यो प्रस्ताव अपमान गर्न नभई देश र जनताको बाध्यताका कारण ल्याउनुपरेको प्रस्ट पारे । मनमा कुनै द्वेष नराखी यथार्थ बोलेको बताउँदै उनले भने, "हाम्रो माग केवल यति हो कि विशेष महाधिवेशन पछाडि कांग्रेस बदलिएर आयो भनेर भन्न पाइयोस् ।"
थापाले महाधिवेशन हलबाटै अन्तरिम सभापति वा सामूहिक नेतृत्व छनोट गर्न सकिने विकल्पमा पनि आफूहरू खुला रहेको बताए । "प्रधानमन्त्री कसलाई बनाउनु छ बनाउनुस्, यही हलबाट अन्तरिम सभापति जसलाई बनाए पनि हुन्छ । हामी सामूहिक नेतृत्व छान्नुपर्छ भने पनि तयार छौँ," उनले भने ।
महामन्त्री थापाले संस्थापन पक्षले सहमतिको नाममा अलमल्याउने काम मात्र गरेको आरोप लगाए । निर्वाचन कार्यतालिका सार्न लगाएर समय कटाउने र अन्योल सिर्जना गर्ने काम भइरहेको उनको गुनासो थियो । आफूहरू सबै विकल्पमा खुला रहे पनि नेतृत्वले गम्भीरता नदेखाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार
-
रास्वपा प्रथम महाधिवेशन : अझै सुरु भएन प्रतिनिधि परिचयपत्र वितरण
-
रौतहटमा लापसे गरी सवारी चलाउने ३ चालक पक्राउ
-
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
-
हालान्डको दुई गोलमा नर्वेको रोमाञ्चक जित
-
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण