स्वास्थ्य मन्त्रालयलाई नर्वेको उपहार: कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई नर्वेस्थित ‘लेर्डल ग्लोबल हेल्थ’ले स्वास्थ्य तालिमका लागि उपयोगी हुने ११ वटा कृत्रिम मानव (मेन्किन) हस्तान्तरण गरेको छ। बुधबार आयोजित एक कार्यक्रममा सो संस्थाका प्रमुख कार्यकारी अधिकृत क्यारोलिन माइक्लेबस्ट लिन्डेले मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीलाई ती सिमुलेसन मोडलहरू हस्तान्तरण गरेकी हुन्।
हस्तान्तरण गरिएका मेन्किनहरूमध्ये ९ वटा वयस्क र २ वटा बालबालिकाका छन्। कम्प्युटर प्रविधिबाट निर्मित यी कृत्रिम मानवले मानिसजस्तै चिच्याउने र विभिन्न हाउभाउ देखाउने गर्दछन्। मन्त्रालयका अनुसार करिब ५० लाख रुपैयाँ बराबरका यी उपकरणहरू सातवटै प्रदेश, स्वास्थ्य आपतकालीन सेवा केन्द्र र तीनवटा स्वास्थ्य तालिम केन्द्रमा पठाइनेछ। यी मेन्किनहरूको सहयोगले स्वास्थ्यकर्मीहरूलाई आपतकालीन अवस्थामा कसरी प्रभावकारी उपचार गर्ने भन्ने विषयमा प्रयोगात्मक अभ्यास गर्न सहज हुनेछ।
जेनजी आन्दोलनमा भएको क्षतिको क्षतिपूर्ति
स्वास्थ्यमन्त्री डा. सुधा गौतमले नेपालको स्वास्थ्य प्रणालीमा नर्वेको सहयोगको प्रशंसा गर्दै जेनजी आन्दोलनका क्रममा स्वास्थ्य आपतकालीन सेवा केन्द्रका उपकरणमा पुगेको क्षतिको क्षतिपूर्ति स्वरूप यी सामग्री प्राप्त हुनु सराहनीय रहेको बताइन्। मन्त्री गौतमले नर्वे र नेपालबीचको स्वास्थ्य सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योसले नेपालको आपतकालीन स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउन आफूहरू तयार रहेको प्रतिबद्धता व्यक्त गरे। लेर्डल ग्लोबल हेल्थका सिइओ लिन्डेले नेपाल जस्तो मुलुकमा आपतकालीन स्वास्थ्य उपचारको गुणस्तर सुधार्न मद्दत पुगोस् भन्ने उद्देश्यले यी उपकरणहरू निःशुल्क उपलब्ध गराएको जानकारी दिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
-
बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
-
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति कि पुष्टि हुनुपर्छ कि सच्चाइनुपर्छ : बराल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण