राष्ट्रिय अपाङ् महासङ्घ कर्णाली प्रदेश अध्यक्षमा धिताल
बिहीबार, ०१ माघ २०८२, १३ : ११
सारांश
- नन्दराज धिताल राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेश अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
- सोमना खड्का उपाध्यक्ष, राजबहादुर बुढा सचिव, रत्ना राना सहसचिव र नन्दप्रसाद चौलागाईं कोषाध्यक्षमा निर्वाचित भए।
- अधिवेशनले १७ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको छ, जसमा सदस्यहरु पनि रहेका छन्।
सुर्खेत । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेश अध्यक्षमा नन्दराज धिताल निर्विरोध निर्वाचित भएका छन् । कर्णाली प्रदेशको छैठौँं साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्ष धितालसहित १७ सदस्यीय प्रदेश कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा सोमना खड्का, सचिवमा राजबहादुर बुढा, सहसचिवमा रत्ना राना र कोषाध्यक्षमा नन्दप्रसाद चौलागाईं निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष धितालले जानकारी दिए ।
त्यस्तै, दुई मनोनितसहित सदस्यहरुमा झुपी राउत, रेनुका जैशी, सीता सिग्देल, जानकी पुन मगर, झक्कप्रसाद पोखरेल, काली शाही, योगेन्द्र शाही, धर्मदत्त फडेरा, सत्यनारायण योगी, सङ्गीता बराल मगर, उत्तम विक, चन्द्रा गुरुङ, मनराज कठायत र कृष्णबहादुर बुढा निर्वाचित भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण