काठमाडौँ उपत्यका किराँत सभ्यताको उद्गमस्थल हो, यलम्बर हाम्रा भगवान हुन् : बालेन शाह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौँ उपत्यका किराँत सभ्यताको ऐतिहासिक उद्गमस्थल भएको बताएका छन् ।
किराँत नयाँ वर्ष ‘येले दोङ ५०८४’ तथा माघी पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाहले किराँती राजा यलम्बर र काठमाडौँको अटुट सम्बन्ध रहेको उल्लेख गरे ।
मेयर शाहले काठमाडौँमा यलम्बरलाई राजाका रूपमा मात्र नभई भगवानका रूपमा पुजिने गरेको बताए । उनले भने ‘तपाईँहरूले यलम्बरलाई राजा मान्नुहुन्छ, तर काठमाडौँ उपत्यकाले यलम्बरलाई ‘आकाश भैरव’का रूपमा भगवान् मानेर पूजा गर्दै आएको छ । इन्द्रचोकमा रहेको आकाश भैरव नै यलम्बरको स्वरूप हो ।’
किराँत इतिहास र काठमाडौँको भूगोलको चर्चा गर्दै मेयर शाहले ललितपुरको मौलिक नाम ‘यल :’ रहनुले पनि यो उपत्यका यलम्बरको राज्य भएको पुष्टि गर्ने तर्क गरे । उनले काठमाडौँको पहिचान किराँत सभ्यतासँग जोडिएकाले यसको संरक्षणमा महानगरले विशेष चासो दिइरहेको बताए ।
‘हामीले महानगरमा ढुङ्गेधारा, पाटीपौवा र मन्दिर मात्र जोगाएका छैनौँ, यहाँको मौलिक बाजा र भाषाको पनि संरक्षण गरिरहेका छौँ,’ मेयर शाहले थपे, ‘नेवार समुदायका बाजाहरू सुन्दा किराँत सभ्यताकै झल्को आउँछ । यसले हाम्रा सबै मौलिक संस्कृतिहरू एकअर्कासँग कति नजिक छन् भन्ने देखाउँछ ।’
सम्बोधनका क्रममा उनले भाषा र लिपिको महत्वमाथि जोड दिँदै आफ्नो पुर्खाको भाषा जोगाउनु नै देशको पहिचान जोगाउनु भएको बताए । युवा पुस्ताले आफ्नो मौलिक भाषा र लिपि बिर्सँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले हराउन लागेका इतिहास र संस्कृतिलाई खोजेर पुनः स्थापना गर्नुपर्नेमा जोड दिए ।
‘एउटा सभ्यताले अर्को सभ्यतालाई सम्मान गर्नुपर्छ । तपाईँले आफ्नो भाषा र लिपि जोगाउँदा सिङ्गो देशकै पहिचान जोगिन्छ,’ उनले भने । माघ १ गतेलाई किराँत, थारु, मगर र मिथिला समुदायले आ–आफ्नै ढङ्गले नयाँ वर्ष र उत्सवका रूपमा मनाउनुले नेपाली समाजको विविधता र ऐतिहासिक विरासतलाई झल्काउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण