मौरीफाँटामा पाटेबाघको त्रास
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ मौरीफाँटामा पाटेबाघको त्रास छाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने बाघले पछिल्लो तीन दिनको अवधिमा आधा दर्जनबढी घरपालुवा जनावरलाई मारेको छ ।
निकुञ्जबाट डमरुसहित बस्ती छिर्ने बाघले साँझ नपर्दै स्थानीयका चौपायामाथि आक्रमण गर्न थालेको छ । स्थानीय किसान कासी लुहारले दुई महिनाअघि मात्रै रु ४० हजार ऋण लिएर किनेको दुधालु गाई बाघले मारेको बताए ।
त्यस्तै, अर्का स्थानीय नर्मा बोहराले आफ्नो दुधालु गाईलाई बाघले गोठबाट तानेर झण्डै १०० मिटर टाढा पुर्याई खाएको बताए । साँझ सात नबज्दै बाघ बस्ती छेउछाउमा देखापर्न थालेपछि स्थानीयलाई हिँडडुल गर्न समस्या भएको छ । स्थानीय महेश महराका अनुसार त्यस क्षेत्रका अधिकांश परिवारले गाईभैँसी र बाख्रापालनबाट जीविकोपार्जन गर्दै आएका छन् ।
“बाघले दिनहुँ घरपालुवा जनावर मार्न थालेपछि हाम्रो रोजीरोटी नै सङ्कटमा परेको छ”, महराले भने । साँझ नपर्र्दै बस्तीमा बाघ पस्ने गरेको र चौपाया मारेर निकुञ्ज जाने गरेको उनले बताए । बाघका कारण मौरीफाँटा क्षेत्रको जनजीवन त्रसित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण