सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

प्रहरीका १० एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय

शुक्रबार, ०२ माघ २०८२, १३ : ५९
शुक्रबार, ०२ माघ २०८२

सारांश

  • गृह मन्त्रालयले नेपाल प्रहरीका १० एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेको छ।
  • बढुवा समितिले गरेको सिफारिस अनुसार गृहमन्त्री ओमप्रकाश अर्यालले बढुवाको निर्णय गरेका हुन्।
  • बढुवा हुनेमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी लगायतका प्रहरी उपरीक्षक रहेका छन्।

काठमाडौँ । नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्ने निर्णय गरिएको छ । शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालले पुस २४ मा बढुवा समितिले गरेको सिफारिस अनुसार एसएसपी बढुवाको निर्णय गरेका हुन् ।

एसएसपीमा बढुवा हुनेमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषि राम कँडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिं चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा छन् ।

गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर प्रहरीमा प्राविधिक तर्फ रहेका दुईवटा पद स्थानान्तरण र एउटा पद थप गरेर १० जनालाई बढुवा गरेको हो ।  प्राविधिक तर्फ केनाइन कार्यालय र सवारी महाशाखामा रहेका एसएसपीको दरबन्दी जनपद समूहतर्फ स्थानान्तरण गरिएको छ । अर्को एउटा दरबन्दी ओएण्डएम मार्फत थप गरिएको छ ।

बढुवा भएका एसएसपीहरूलाई शुक्रवार नै आईजीपी दान बहादुर कार्कीले दर्ज्यानी चिन्ह प्रदान गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप