‘फागुन २१ मै निर्वाचन हुन्छ, मैले त टिकट समेत बाँडेर आइसके’
सारांश
- पुष्पकमल दाहाल 'प्रचण्ड' ले घोषित मितिमै निर्वाचन हुनेमा शङ्का नगर्न आग्रह गरे।
- उनले मुलुकको जटिल परिस्थितिको एकमात्र विकल्प निर्वाचन भएको दाबी गर्दै चुनावको तयारीमा लाग्न आह्वान गरे।
- प्रचण्डले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन सबैको सहयोग आवश्यक रहेको बताए।
चितवन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले घोषित मितिमै आम निर्वाचन हुनेमा शङ्का नगर्न आग्रह गरेका छन्। शुक्रबार चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको जटिल परिस्थितिको एकमात्र विकल्प निर्वाचन भएको दाबी गरे।
गत भदौ २३ र २४ गतेको 'जेनजी विद्रोह' र त्यस क्रममा भएको विध्वंसपछि देश असाधारण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै प्रचण्डले अब राजनीतिक प्रक्रिया अगाडि बढिसकेको बताए। निर्वाचन हुनेमा अझै कतिपयले आशङ्का गरिरहेको तर्फ सङ्केत गर्दै उनले भने, "समानुपातिक सूची बुझाइसकिएको छ, प्रत्यक्षतर्फको मनोनयन गर्ने दिन आइसक्यो, मैले त हिजो काठमाडौँमा उम्मेदवारलाई टिकट समेत वितरण गरिसकेँ।"
प्रचण्डले सरकार, राजनीतिक दल र जनता सबै चुनावी मानसिकतामा अगाडि बढिसकेकाले अब पछाडि फर्कने ठाउँ नरहेको स्पष्ट पारे। संविधान सभा निर्वाचनको समयमा पनि अन्तिम समयसम्म आशङ्का गर्नेहरू रहेको स्मरण गर्दै उनले अहिलेको व्यवस्था र संविधानको रक्षाका लागि निर्वाचन हुनैपर्नेमा जोड दिए। "चुनाव हुन्छ कि हुन्न भन्ने प्रश्नमा अल्झिनुभन्दा राम्रो तयारीका साथ अगाडि बढ्न म सबैलाई अपिल गर्छु," उनले भने।
मुलुकको वर्तमान चुनौती चिर्न निर्वाचन अनिवार्य रहेको भन्दै उनले यसलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए। उनले आफ्नो दल निर्वाचनको पूर्ण तयारीमा होमिसकेको सन्देश दिँदै कार्यकर्तालाई उच्च मनोबलका साथ मैदानमा उत्रन निर्देशन समेत दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखियो
-
निर्धारित समयमा मन्त्रालयहरूले गर्न सकेनन् ओएण्डएम, गुपचुप थपियो समय
-
कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने
-
दक्षिण कोरियाका मुख्य प्रशिक्षकद्वारा राजीनामा, ज्यान मार्ने धम्कीपछि उच्च सुरक्षा
-
आफ्नो सीमा ननाघ्न बहराइनलाई इरानकाे चेतावनी
-
प्रहरीलाई विपद् व्यवस्थापन सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण