बैतडीमा खडेरीले हिउँदे बाली सुक्न थाल्याे
दशरथचन्द । लामो समयको खडेरीले बैतडीमा हिउँदेबाली सुक्न थालेको छ । यहाँ पानी नपरेको महिनौँ भइसक्यो । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा पानी नपरेपछि किसान चिन्तित भएका छन् ।
पानी नपर्दा गहुँ, जौ, मसुरो, तोरी, केराउलगायत बाली सुक्न थालेका छन् । खडेरीले हिउँदेबाली सुकेका सिगास गाउँपालिका–९ का किसान जनक बोहराले बताए । “असोजयता पानी परेको छैन । लामो खडेरीका कारण हिउँदेबाली सुकेको छ”, उनले भने ।
सिँचाइ सुविधा नहुँदा धेरैजसोले आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । सिँचाइ सुविधायुक्त स्थानमा पनि बाली मर्न थालेको छ । खोलामा पनि पानी सुकेकाले कुलो हिउँदे बालीमा हानि भएको मेलौली नगरपालिका–६ का किसान चिन्तामणि भट्टले बताए ।
हिउँदे वर्षा नहुँदा बालीनाली हुर्कन नपाउँदै सुक्न थालेको सुर्नया गाउँपालिका–६ का किसान पदम भट्टले बताए । बाली लगाउने बेलामा पनि पानी नपर्दा बीउ उम्रिन नपाएको उनले बताए ।
बैतडीमा २५ हजार ७०० हेक्टरमा खेती हुने गरेको छ । जिल्लाको १० हजार ९०० हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ । जिल्लाको १५ हजार ४०० हेक्टरमा गहुँ, ७०० हेक्टरमा जौ, ३०० हेक्टरमा मसुरो, ३४ हेक्टरमा तोरी र पाँच हेक्टरमा केराउखेती हुने गरेको कृषि ज्ञानका प्रमुख हरिदत्त जोशीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण