महन्थ ठाकुरलाई जिताउन भन्दै जसपा नेपालद्वारा समिति गठन
शनिबार, ०३ माघ २०८२, १३ : ५४
सारांश
- जनता समाजवादी पार्टीले महन्थ ठाकुरलाई राष्ट्रिय सभामा जिताउन समिति गठन गरेको छ।
- ठाकुरले मधेस प्रदेशबाट अन्य समूहबाट उम्मेदवारी दिएका छन्।
- समितिमा प्रमेश्वर साह, मोहम्मद खालिद सिद्धिकी र लालकिशोर साह रहेका छन्।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरलाई राष्ट्रिय सभामा जिताउन भन्दै पार्टीले एक समिति गठन गरेको छ ।
माघ ११ गते हुने निर्वाचनका लागि ठाकुरले मधेस प्रदेशबाट अन्य समूहबाट उम्मेदवारी दिएका छन् । उनलाई जिताउनका लागि गठबन्धन दलहरूको बिचमा समन्वय गर्न सो समिति गठन गरेको जसपा नेपालले जनाएको छ ।
तीन सदस्यीय समितिमा प्रमेश्वर साह, मोहम्मद खालिद सिद्धिकी र लालकिशोर साह रहेको सो पार्टीले जनाएको छ । ठाकुर मधेस प्रदेशका लागि कांग्रेस र एमाले गठबन्धनका साझा उम्मेदवार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण