सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

सुनसरी–१ मा नेकपाले धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईलाई उम्मेदवार बनाउने

शनिबार, ०३ माघ २०८२, १४ : ५६
शनिबार, ०३ माघ २०८२

सारांश

  • नेपाली कम्युनिस्ट पार्टीले सुनसरी १ बाट धरान १७ का वडाध्यक्ष मनोज भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
  • हर्क साम्पाङ पनि सोही क्षेत्रबाट चुनाव लड्दैछन्, र वडाध्यक्ष भट्टराईले साम्पाङका निर्णयको विरोध गर्दै आएका थिए।
  • पार्टी नेता चोत्लुङले भट्टराईलाई टिकट दिन केन्द्रसँग अनुरोध गर्दै विजयको शुभकामना दिए।

सुनसरी । नेपाली कम्युनिस्ट पार्टीले सुनसरी १ नम्बर निर्वाचन क्षेत्रबाट धरान उपमहानगरपालिका– १७ का वडाध्यक्ष मनोज भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सोही निर्वाचन क्षेत्रबाट हर्क साम्पाङ श्रम संस्कृति पार्टीबाट चुनाव लड्दैछन् । धरानको मेयरमा स्वतन्त्र जितेका साम्पाङका कतिपय निर्णयका विरुद्धमा वडाध्यक्ष भट्टराई वकालत गर्दै आएका थिए । 

धरानका नेकपा नेता चोत्लुङले गहन परामर्श पश्चात् सुनसरी–१ निर्वाचन क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट धरान–१७ का वडा अध्यक्ष  मनोज भट्टराईलाई उम्मेदवार बनाउने निष्कर्षमा पुगिएको बताए ।

‘अब उहाँलाई टिकट दिन पार्टी केन्द्रसँग अनुरोध गर्दछु। उहाँलाई विजयको अग्रिम शुभकामना,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप