४० रनको लक्ष्य रक्षा गर्दै पीटीभीले तोड्यो २३२ वर्ष पुरानो कीर्तिमान
कराँची । पाकिस्तानको घरेलु क्रिकेट प्रतियोगिता प्रेसिडेन्ट्स ट्रफीमा पाकिस्तान टेलिभिजन (पीटीभी) ले २३२ वर्ष पुरानो कीर्तिमान तोड्दै ऐतिहासिक सफलता हात पारेको छ। कराँचीस्थित नेशनल स्टेडियममा भएको खेलमा पीटीभीले प्रथम श्रेणी क्रिकेटकै सबैभन्दा कम योगफल रक्षा गरेर सुई नर्दर्नलाई स्तब्ध बनायो।
जितका लागि मात्र ४० रनको सामान्य लक्ष्य पाएको सुई नर्दर्नको टोली ३७ रनमै समेटिएपछि पीटीभीले रोमाञ्चक जित दर्ता गर्यो। यसअघि प्रथम श्रेणी क्रिकेटमा सबैभन्दा कम स्कोर रक्षा गरेको कीर्तिमान सन् १७९४ को अगस्टमा ओल्डफिल्डको नाममा थियो। त्यतिबेला ओल्डफिल्डले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध ४१ रनको लक्ष्य रक्षा गर्दै ६ रनले खेल जितेको थियो।
पीटीभीका मुख्य प्रशिक्षक मोहम्मद वासिमले आफ्नो टोलीको यो विश्व कीर्तिमानी प्रदर्शनबाट आफू निकै हर्षित भएको र अन्तिम बलसम्म लड्ने टोलीको अठोटले नै यो सफलता सम्भव भएको बताए।
खेलमा सुई नर्दर्नले पहिलो इनिङ्समा २३८ रन बनाएको थियो भने पीटीभी १६६ रनमै समेटिएको थियो। ७२ रनले पछि परेको अवस्थामा पीटीभीले दोस्रो इनिङ्समा पनि मात्र १११ रन बनाउन सक्यो। सुई नर्दर्नका लागि ४० रनको लक्ष्य निकै सहज देखिए पनि बिग्रिएको पिचमा उसका ब्याटरहरू टिक्न सकेनन्। पीटीभीका बलर अली उस्मानले ९ रन दिएर ६ विकेट लिए भने अमाद बटले २८ रन खर्चेर ४ विकेट हात पारे।
यस जितसँगै पीटीभी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने चार खेल खेलेको सुई नर्दर्न तेस्रो स्थानमा झरेको छ। सातवटा समूह चरणका खेलपछि शीर्ष दुई टोलीबिच फेब्रुअरी ८ देखि १२ सम्म फाइनल प्रतिस्पर्धा हुने तालिका छ।
प्रतिकूल अवस्थाबाट पनि लगातार तीन खेल जितेर पीटीभीले उपाधि दौडमा आफ्नो बलियो उपस्थिति जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण