प्रिमियर लिग : आर्सनल र लिभरपुल बराबरीमा रोकिए
सारांश
- आर्सनल र लिभरपुल प्रिमियर लिग खेलमा बराबरीमा रोकिए, जसले उपाधि दौडमा असर गर्यो।
- आर्सनल नटिङ्घम फरेस्टसँग गोलरहित बराबरीमा रोकियो, र लिभरपुल बर्नलीसँग १-१ को बराबरीमा रोकियो।
- खेल प्रतिस्पर्धात्मक रह्यो, पेनाल्टीको विवाद र लिभरपुलको लगातार चौथो बराबरीले नतिजामा प्रभाव पार्यो।
लण्डन । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएका खेलहरूमा उपाधि दाबेदार आर्सनल र लिभरपुल दुवै टोली बराबरीमा रोकिएका छन् । शीर्ष स्थानको आर्सनल नटिङ्घम फरेस्टसँग गोलरहित बराबरीमा रोकिँदा लिभरपुलले रेलिगेसन जोनको बर्नलीसँग अंक बाँडेको हो ।
नटिङ्घम फरेस्टको मैदानमा भएको खेलमा आर्सनलले अंक तालिकामा ९ अंकको स्पष्ट अग्रता बनाउने सुवर्ण अवसर गुमायो । दोस्रो स्थानको म्यानचेस्टर सिटी म्यानचेस्टर युनाइटेडसँग पराजित भएको अवस्थामा आर्सनललाई फाइदा उठाउने मौका थियो, तर बराबरीपछि आर्सनल ७ अंकले मात्र अगाडि रह्यो ।
खेल निकै प्रतिस्पर्धात्मक र तनावपूर्ण बनेको थियो । खेल सकिन १० मिनेट बाँकी छँदा ओला आइनाको हातमा बल लागेपछि आर्सनलले पेनाल्टीको माग गरेको थियो । तर रेफ्री र भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले बल पहिले काँधमा लागेको र हात प्राकृतिक अवस्थामा रहेको भन्दै पेनाल्टी दिएनन् ।
पहिलो हाफमा दुवै टोलीले पोस्टमा आक्रमण गर्न संघर्ष गरेका थिए । दोस्रो हाफमा बुकायो साकाको प्रहारलाई फरेस्टका गोलकिपर म्याड्स सेल्सले उत्कृष्ट बचाउ गरेपछि आर्सनल अंक बाँड्न बाध्य भयो ।

उता एनफिल्डमा भएको अर्को खेलमा लिभरपुलले बर्नलीसँग १–१ को निराशाजनक बराबरी खेल्यो । खेलको सुरुवातमै डोमिनिक सोबोस्लाईको पेनाल्टी प्रहार बारमा लागेर बाहिरिँदा लिभरपुलले सुरुवाती अग्रता बनाउने अवसर गुमाएको थियो ।
त्यसको १० मिनेटपछि फ्लोरिअन भर्ट्जले सशक्त प्रहार गर्दै लिभरपुललाई अग्रता दिलाए पनि टोलीले त्यसलाई जोगाउन सकेन । लिभरपुलले खेल अवधिभर ७० प्रतिशतभन्दा बढी समय बल नियन्त्रणमा राख्दै ३२ पटक पोस्टमा प्रहार गरे पनि पाहुना टोलीका गोलकिपर मार्टिन डुब्राभ्काले ८ वटा उत्कृष्ट बचाउ गरे ।
खेलको ६५औँ मिनेटमा बर्नलीका मार्कस एडवर्ड्सले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए । लिभरपुलले अन्तिम समयसम्म विजयी गोलका लागि प्रयास गरे पनि सफल हुन सकेन । यो नतिजासँगै लिभरपुल लिगमा लगातार चौथो पटक बराबरीमा रोकिएको छ ।
प्रशिक्षक आर्ने स्लोटको टोली म्यानचेस्टर युनाइटेडभन्दा एक अंकले अगाडि रहँदै चौथो स्थानमा रहे पनि दोस्रो र तेस्रो स्थानका टोलीसँग दूरी घटाउने मौका गुमाएको छ । रेलिगेसन जोनमा रहेको बर्नलीका लागि भने एनफिल्डमा एक अंक खोस्नु ठूलो उपलब्धि बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण