कविता : के मिलन हुनु गलत होला र ?
यदि मिलन हुनु भ्रष्ट हो भने,
टुटेफुटेको, कसरी स्पष्ट हुन्छ होला र,
हामी मिलेको असली, अरू जोडिएको अप्राकृतिक,
कसरी भन्न मिल्छ होला र,
कुन उद्देश्यले मिलन वा बिछोड भएको,
केही समयमा जानकारी नहुने, गोप्य कुरा नै, के होला र,
स्वार्थ पूरा गर्ने, बाहाना मात्र हो भने,
पानी तताएर, कहिले बाक्लो हुन्छ होला र,
एकता नै बल हो भन्ने प्रमाणित मन्त्र,
सायद नबुझ्ने मानिस को होला र,
यदि बोली र व्यवहारमा उतारेको भए,
समाज र विश्वमा अशान्ति किन वृद्धि हुन्थ्यो होला र,
मानिस सामाजिक प्राणी हो भन्ने,
मूल मन्त्र नसुन्ने संसारमै को होला र,
तैपनि समाज, देश र विश्वमा,
द्वन्द्व भड्काएर के पुरस्कार प्राप्त होला र,
जोड्न खोज्दा, तोड्न आउने मानिस,
हरेक समाजमा किन नहोला र,
कर्म पवित्र भए, ढिलो वा चाँडो,
अवश्य उत्तीर्ण नहुने को होला र,
सिद्धान्तका कुरा र सुनेको भरमा,
गफ दिन नजान्ने आजकाल सोझो को होला र,
प्रमाणित गरेर देखाउनुहोस्,
पछि लाग्ने भिड वा ताली नपड्काउने को होला र,
मिलनसार स्वभाव संसारमै उत्कृष्ट
मानिसको पहिचान होइन र?
आफ्नो पहिचान उल्लङ्घन गर्दा,
समाज, देश र अर्को पुस्ताले के सिक्छ होला र,
मिलन र वियोगको परिभाषा
आफू अनुकूल व्याख्या गर्न कसरी मिल्छ होला र,
यो देश हामी सबैको साझा फूलबारी हो,
सबैजना मिली बनाउँदा
मिलन हुनु कुन नजिरले गलत होला र?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण