बारामा पुरानै अनुहारमा एमालेको विश्वास
बारा । प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले बाराको ४ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमालेले बारा निर्वाचन क्षेत्र नं. १ बाट अच्युत मैनाली, बारा–२ मा बलबीर चौधरी, बारा–३ मा ज्वालाकुमारी साह र बारा–४ मा कृष्णकुमार श्रेष्ठ (किसान) लाई उम्मेदवार बनाएको हो ।
मैनाली, साह र श्रेष्ठ निवर्तमान संघीय सांसद हुन् भने चौधरी २०७० सालको संविधान सभा सदस्य हुन् । उम्मेदवारी पाउने चारै जना एमालेभित्र अध्यक्ष केपी शर्मा ओली पक्षका भनेर चिनिन्छन् ।
तल्ला कमिटीले बारा–१ बाट ईश्वर पोखरेल समूहका भनेर चिनिने पुरुषोत्तम पौडेलको नामसमेत सिफारिस गरेको थियो । यद्यपि उनले टिकट पाउन सकेनन् ।
मैनाली बारा–१ बाट तेस्रो पटक, साह प्रदेश सभा बाहेक संघमा दोस्रो र श्रेष्ठले पनि बारा–४ मा दोस्रो पटक उम्मेदवार हुने मौका पाएका हुन् । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा किसान श्रेष्ठ तत्कालीन माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीका साझा उम्मेदवार थिए । श्रेष्ठ केही समय अघि नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा फर्किएका थिए ।
२०७९ को निर्वाचनमा बारा–१ मा मैनालीले कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीलाई करिव ९ हजार मतले पराजित गरेका थिए भने बारा–३ मा ज्वालाकुमारी साहले जसपा उम्मेदवार रामबाबु यादवलाई ३ हजार मतान्तरले पराजित गरेकी थिइन् । बारा–४ मा किसान श्रेष्ठले तत्कालीन एमाले उम्मेदवार एकवाल मियाँलाई १० हजारभन्दा बढी मतले पराजित गरेका थिए।
बारा–२ मा भने जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि २०८० वैशाख १० गते भएको उपनिर्वाचनमा गठबन्धनबाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण