सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नेकपाबाट हुम्लामा डा. दीपेन्द्र रोकायाले पाए टिकट

आइतबार, ०४ माघ २०८२, १८ : ४४
आइतबार, ०४ माघ २०८२

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट हुम्लाको प्रतिनिधिसभा निर्वाचनका लागि डा. दीपेन्द्र रोकायाले टिकट पाएका छन् ।

जिल्लाबाट झण्डै एक दर्जन नेताको नाम सिफारिस भए पनि यो पटक रोकायाले टिकट पाउन सकेका हुन् ।

रोकाया ०७९ मै संसदीय निर्वाचनमा डेब्यु गर्ने तयारीमा थिए ।

तर, माओवादीले कार्चेन लामालाई टिकट दिएको थियो । कर्णाली प्रदेश योजना आयोगका पूर्व सदस्य रोकाया माओवादी केन्द्रभित्र बौद्धिक नेताको रूपमा स्थापित छन् । 

पूर्व पत्रकारसमेत रहेका रोकायले कर्णाली प्रदेशको पञ्चवर्षीय गुरुयोजना तयार गर्न महत्त्वपूर्ण योगदान गरेका छन् । यहाँ नेकपा एमालेबाट दल फडेराले टिकट पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप