रास्वपाबाट मोरङ–१ मा यज्ञमणि न्यौपाने उम्मेदवार
आइतबार, ०४ माघ २०८२, २३ : ३७
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले यज्ञमणि न्यौपानेलाई मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।
- न्यौपानेले सामाजिक सञ्जालमार्फत आफूलाई पार्टीले उम्मेदवार बनाएको जानकारी गराएका छन्।
- उनले पार्टीको एजेन्डा स्थापित गर्न नागरिक स्तरमा पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यज्ञमणि न्यौपानेलाई उम्मेदवार बनाएको छ ।
न्यौपाने स्वयमले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत एक तस्बिर सार्वजनिक गर्दै आफूलाई पार्टीले मोरङ–१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार बनाएको जानकारी दिएका हुन् । उनले पार्टीले दिएको जिम्मेवारी र विश्वासलाई पूर्ण रूपमा पालना गर्दै नागरिक स्तरमै पुगेर पार्टीका एजेन्डा स्थापित गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले लेखेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीले मलाई मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा संसद्को मनोनयन गरी जिम्मेवारी दिएको छ । प्राप्त जिम्मेवारी र पार्टीले दिएको विश्वासलाई पूर्ण रूपमा पालना गर्दै नागरिक स्तरमा नै गएर पार्टीका एजेन्डालाई स्थापित गर्ने वाचा गर्दछु।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिइ सडक पेटीबाट हटाइएको भन्दै दृष्टिविहीनहरूको विराेध प्रदर्शन (तस्बिरहरू)
-
अमेरिकी संसदमा पहिलो पटक युद्ध अधिकारसम्बन्धी प्रस्ताव पारित
-
पूर्वमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरणमा किन पक्राउ गरियो ?
-
सेरोफ्लो रोटाक्याप नामक नक्कली औषधि छ्यापछ्याप्ती, सचेत रहन आग्रह
-
हुम्लामा जिप दुर्घटना, ४ जना घाइते
-
प्रतिष्ठानमा एक महिनामा १ सय ४९ महिलाले पाए निःशुल्क प्रसूति सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण