पर्साका ६२ मतदानस्थल ‘अतिसंवेदनशील’
सारांश
- पर्सा जिल्ला सुरक्षा समितिले फागुन २१ गते हुने निर्वाचनको लागि सुरक्षा तयारीलाई तीव्रता दिएको छ।
- जिल्लाका १६७ मतदानस्थलमध्ये ६२ वटालाई अतिसंवेदनशील सूचीमा राखी विशेष सुरक्षा योजना बनाइएको छ।
- निर्वाचनलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायहरूबीच समन्वय र मतदानस्थलको निरीक्षण भइरहेको छ।
पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारी तीव्र पारेको छ। जिल्लाभर रहेका कुल १६७ मतदानस्थलमध्ये ६२ वटालाई 'अतिसंवेदनशील' सूचीमा राखेर विशेष सुरक्षा योजना बनाइएको छ। बाँकी ८५ वटा मतदानस्थललाई संवेदनशील र २० वटालाई सामान्य सूचीमा राखिएको छ।
निर्वाचन क्षेत्र अनुसार पर्सामा मतदानस्थलको संख्या फरक-फरक छ। क्षेत्र नम्बर १ मा ३४, क्षेत्र नम्बर २ मा ३८, क्षेत्र नम्बर ३ मा ४७ र क्षेत्र नम्बर ४ मा ४८ वटा मतदानस्थल तोकिएका छन्। जिल्लाभर कुल ४४१ वटा मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र रहनेछन्। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायहरूबीच समन्वय र मतदानस्थलको निरीक्षण कार्य भइरहेको छ।
निर्वाचनको तयारी स्वरूप गत माघ २ गते नै जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ। ती कार्यालयहरूको सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ। निर्वाचन नजिकिँदै गर्दा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर गस्ती र निगरानी बढाइएको छ।
पर्सा जिल्लामा यसपटक कुल ३ लाख ७६ हजार ५१३ मतदाता रहेका छन्। जसमध्ये २ लाख १२ हजार ७७ पुरुष, १ लाख ६४ हजार ४२१ महिला र १५ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक रहेका छन्। मतदाताको चाप र भौगोलिक संवेदनशीलताका आधारमा सुरक्षाकर्मीको परिचालन र व्यवस्थापन मिलाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण