सोनाम ल्होसारको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा शुभकामना
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तामाङलगायत हिमाली र पहाडी आदिवासी जनजाति समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार–२८६२ (ता ल्हो) को अवसरमा शुभकामना व्यक्त गरेकी छन् । उनले घोडा वर्षको यस पावन घडीमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण समुदायमा सुख र शान्तिको कामना गरेकी हुन् ।
तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने यो पर्व प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन पर्छ । यस विशेष दिनमा तामाङ समुदायभित्र कुल पूजा र प्रकृति पूजा गर्ने तथा बुद्धका सन्देशहरूलाई स्मरण गर्ने परम्परा छ । साथै, आफन्तजन र इष्टमित्रहरू एकै ठाउँमा भेला भई मनोरञ्जनका साथ आपसी खुसी साटासाट गरेर यो पर्व मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायका अतिरिक्त ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका आदिवासी जनजातिहरूले समेत यो पर्वलाई निकै उल्लासका साथ मनाउँछन् । सोनाम ल्होसारका अवसरमा प्रदर्शन गरिने मौलिक सेलो नृत्य, गीत, डम्फु जस्ता वाद्यसंगीत र परम्परागत परिकारहरू नेपाली संस्कृतिका महत्त्वपूर्ण धरोहरका रूपमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण