बागमती प्रदेशसभा सदस्य दुलालद्वारा राजीनामा
बागमती । बागमती प्रदेशसभा सदस्य युवराज दुलाल (शरद) ले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्य पदका लागि सिन्धुपाल्चाेक क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ टिकट दिएपछि दुलालले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन् ।
गत २०७९ सालको प्रदेशसभा सदस्यमा सिन्धुपाल्चौक क्षेत्र नं २ (ख) बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
पार्टीले विश्वास र भरोसा गरेर प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको टिकट दिएपछि प्रदेशसभा सदस्यबाट राजीनामा दिएको दुलालले बताए ।
“प्रदेशसभा सचिवालयमा राजीनामा बुझाएर भर्खरै सिन्धुपाल्चौक आफ्नो क्षेत्र फर्केको छु”, उनले भने, “भोलि प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराउने छु ।”
यता बागमती प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले प्रदेशसभा सदस्य दुलालको राजीनामा पत्र सचिवालयमा आइसकेको र दर्ता गरी स्वीकृत गर्ने प्रक्रिया अघि बढेको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जारी विश्वकपमा पहिलो पटक मैदान छिरे नेयमार, ब्राजिल ३–० ले अगाडि
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण